काठमाडौं– नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसीएल)को अध्यक्ष र महासचिव चयनमा सहमति जुट्न नसक्दा शनिबार सुरु भएको राष्ट्रिय भेला स्थगित भएको छ।
अध्यक्षका २ र महासचिवका ४ जना प्रत्यासीबीच सहमति जुट्न नसक्दा राष्ट्रिय भेला सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।
वाइसीयलको आगामी नेतृत्वका लागि सुमन देवकोटा र सुवोध श्रीपाइली आकांक्षी छन्।
यस्तै महासचिवका लागि ज्ञान बहादुर गुरुङ, गणेश बहादुर शाही, मिङ्मा डल्लु शेर्पा र नवराज ढुङ्गाना आकांक्षी छन्।
कास्कीका देवकोटा अहिले वाईसीएलको उपाध्यक्ष छन्। रुकुम पूर्वका श्रीपाइली हाल महासचिव छ्न्।
'अरु सबै पदाधिकारीको विषय लगभग टुंगो लागिसके पनि अध्यक्ष र महासचिवमा भने विववाद देखिएको छ,' नेपाल लाइभको सम्पर्कमा आएका वाइसीएलका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।