काठमाडौं- आगामी वर्षको सुरुआतसम्म बलिउड अभिनेत्री कंगना रौनतका दुई फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। कंगना मुख्य भूमिकामा रहेका एक्सन जनराका दुई फिल्म ‘धाकड’ र ‘तेजस’मध्ये धाकडको सुटिङ सकिएको छ भने तेजसको सुटिङ अहिले भइरहेको छ।
कंगना धाकडमा विभिन्न १० किसिमको लुक्समा देखिने बताइएको छ। पूर्णरुपमा एक्सन जनरामा रहेको फिल्ममा कंगनाले एजेन्टको भूमिका निभाएकी छन्। जसकारण उनले आफ्नो लुक्स पटक-पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० लुक्समा देखिने बताइएको छ।
धाकड मानव तस्करीसँग सम्बन्धित रहेर निर्माण भइरहेको सिनेमा हो। फिल्ममा कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाल लगायतको अभिनय छ भने यसलाई निर्देशन रजनिस घाइले गरेका छन्।
सिनेमाको कथा रजनिस र चिन्तन गान्धी मिलेर लेखेका छन्। धाकड यही वर्ष १ अक्टोबरमा प्रदर्शन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।