• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कोत गाउँबाट कालु पाँडेको खबर

64x64
राजेन्द्रमान डङ्गोल शनिबार, भदौ १२, २०७८  १७:५२
1140x725

इन्द्रदहको केही थान तस्बिर लिएपछि लाग्यौँ हामी, काजी कालु पाँडे समाधिस्थलतर्फ।

नेपाल यसै पनि युवाहरू विदेसिएको देश। इन्द्रदह डाँडोको पातलो बस्ती। स्थानीय नै नभेटिने। मौसमकै कारणले होला आगन्तुक पनि कोही देखिएनन्, त्यहाँ।

एक हजार ९०० मिटरको उचाइ। डाँडाको थाप्लोमै छ, समाधिस्थल। दूरी नौ किलोमिटर मात्र हो, वसन्तपुरबाट। समाधिस्थललाई काँडेतारले घेरिएको छ। कालु पाँडेबारे लेखिएका सुनौला अक्षर ढुङ्गामा कुँदिएका छन्। समाधिस्थलको एकछेउमा सहरपट्टि पिठ्यूँ फर्काएर उभ्याइएको छ, कालु पाँडेको पूर्ण कदको सालिक।

राजेन्द्रमान डङ्गोल

सालिक फगत् एउटा कलाकारले ढुङ्गा वा धातुमा कुँदेको कलामात्र होइन। सालिक त आफैँमा अर्थ हो। रहस्य हो। इतिहास हो। सम्झना हो। मानवीय संवेदना र कुनै व्यक्ति विशेषप्रतिको उच्च सम्मान हो। देशको गौरव पनि हो। नेपालको इतिहासमा सुनौला अक्षरले लेखिएको छ, उनको नाम। 

काजी कालु पाँडे अर्थात् इमान्दारी र पराक्रमको प्रतीक। हातमा छ, तरबार। कम्मरमा छ खुकुरी र ढाल। भीमकाय कद, देख्दैमा साँच्चिकै योद्धाझैँ लाग्ने। सोच्दै थिएँ– ‘त्यसो नहोस् त सेनानायक कसरी बन्न सक्थे होलान् र !’ नेपालको एकीकरण अभियानको सिलसिलामा वि. सं. १८१४ जेठ १९ गतेका दिन कीर्तिपुरको युद्धमा वीरगति पाएका थिए, उनले। 

सालिकको अगाडि छ, कालु पाँडेको समाधिस्थल। आफ्नै समाधिस्थल हेर्दै ठिङ्ग उभिइरहेको कालु पाँडेको सालिकलाई गहिरएिर हेरेँ। एकछिन सुम्सुम्याएँ। र, उनको वीरता र बलिदानीका लागि नमन गरेँ। अब कहिल्यै वीरगति प्राप्त गर्नु पर्दैन यो सालिकले। 

सालिकले भनिरहेको आभास हुन्छ– ‘कतै देश टुक्रिन लाग्यो भने फेरि कालु पाँडे बनेर ब्यूँतने छु।’

मन दाइको त किशोरावस्थादेखिकै क्रीडास्थल। उनलाई जति मलाई के थाहा हुनु र यो ठाउँको बारेमा!

Ncell 2
Ncell 2
nimb
nimb

बेलीबिस्तार लगाउन थाले उनी– ‘यो समाधिस्थल पहिले त यस्तो कहाँ थियो र! ऊ त्यहाँनिर एउटा लाम्चो शिला गाडेको सानो ढिस्को थियो। समाधिस्थलले यस्तो स्वरूप त पछिमात्र लिएको हो। सालिक गतसाल मात्र राखिएको हो। कालु पाँडेकै वर्तमान पुस्ताले बनाएका रे!’

अचम्मै पो भएछ! भएका सालिकहरू उखेल्ने संस्कार विकसित भएको मुलुकमा कालु पाँडेको सालिक भने ठड्याउन दिएछन्। धन्न ‘सामन्ती राजाको सरदार’ भनेर उखेलेनछन्, पोखरामा पृथ्वी नारायण शाह र नेपालगञ्जमा वीरेन्द्रको सालिक जसरी। उन्मूलन भएको छैन नेपालमा २००७ सालदेखिको यो रोग। 

जे होस्, धन्यवादको पात्र भएका छन्, कालु पाँडेका सन्तान! आफैँमा ऐतिहासिक ठाउँलाई थप ऐतिहासिक बनाइदिए छन्। पर्यटकीय गन्तव्य भन्न सुहाएको छ। समाधिस्थललाई पर्खालले घेरेर आगन्तुक बस्ने कुर्सीहरूको व्यवस्था गरिदिए त सुनमा सुगन्ध नै हुने थियो। अब यो ठाउँलाई ‘कालु पाँडे चोक’ भने कसो होला! मेरो मनको कुरा!

इन्द्रदह डाँडोकै थाप्लोमा पृथ्वी नारायण शाहले उपत्यका आक्रमणका लागि बनाइएका पाँचवटा गढी छन्। गढीहरूकै बीचमा कोतघर छ। कोतघर भएर होला यो गाउँलाई ‘कोतगाउँ’ भनिँदोरहेछ। ‘इतिहासमा अलिखित इतिहास पनि छन्, यहाँ। पृथ्वीनारायण शाह कीर्तिपुरको युद्धमा दोस्रोपटक पनि पराजित भएपछि बृहत् समीक्षा भएछ। कीर्तिपुरेहरू बाघ भैरवको पूजा गर्ने हुनाले शक्तिशाली भएको निस्कर्ष निकालेछन्। अनि यही ठाउँमा मनकानाको मन्दिरसहित बाघ भैरवको स्थापना गरेर पूजाअर्चना गरका थिए रे। तेस्रो पटकमा गोरखाली फौजले कीर्तिपुरमाथि विजय हासिल गरेरै छाडे।’

Xtrem

Xtrem

इन्द्रदह डाँडोको एक छेउमा रहेको मनकामनाको मन्दिर देखाउँदै मनदाइले भनेका हुन्।

कति रमणीय! मैले चारैतिर नजर डुलाएँ। मौसमले साथ दिँदा गणेश हिमाल, मनास्लु र धौलागिरिसम्मकै हिमशैल देखिने। पश्चिमतर्फ नुवाकोट, धादिङ, मनकामना र गोरखा दरबारसम्मै देखिने। कालु पाँडेले मर्नुअघि ‘गोरखा र मनकामनाको दर्शन हुने गरी मेरो शिर समाधिस्थ गर्नू’ भनेबमोजिम नै त्यस ठाउँमा उनको शिर समाधिस्थ गरिएको रे। आफ्नो जन्मस्थलप्रतिको कस्तो स्नेह! उनको दिवंगत आत्माले सायद शान्ति पाएथ्यो होला, इच्छा पूरा भएको अर्थमा।

समाधिस्थलबाटै देखिन्छ, सघन काठमाडौँ। देखिँदैन विष्णुमती र बागमती बगेको। तर, देखिन्छन् ढलेको आस्था, भत्किएको विश्वास, मान्छे–मान्छेबीच कोरिएका विभाजनका रेखाहरू र अनुभूत हुन्छ, फोहरमैलाको गन्ध।

घडीको सुइले झैँ आँखा घुमाउँदै गर्दा मनले भन्छ– आहा! चैत–वैशाखतिर त झन् कति रम्य हुँदो हो, यो ठाउँ। यी पखेराहरूमा फुल्ने गुराँसको मोहनीले उमेर ढल्केकाहरूलाई पनि सोह्र वर्षे वैंशालु यौवनको अनुभूति गराइदिँदो हो। वैँशका रागहरूको तिर्सनासमेत मेटाइदिँदो हो। यहाँ खेल्ने शीतल वायुसँगै खेलिरहूँजस्तो लाग्दो हो। आखिर मान्छेको मन न हो! यसैले होला, मनराम दाइलाई इन्द्रदहप्रति आशक्ति जाग्दोरहेछ। मेरो मनमा लागेको कुरो!

गुराँस र खस्रेको झाडीभित्रबाट सुनिन्थ्यो, चराहरूको चिरबिर। सायद पन्छीहरू पनि घामकै प्रतीक्षामा थिए, कावा खाने आशामा। बारीका पाटाहरूमा झुलिरहेथे कोदाका हरिया कपनी। मगर जातिको पातलो आवादीभित्र हुर्केका बालीनालीमा नजर लगाउँदा लगाउँदै पाँगातिर बग्यो मेरो मन। वरपरका थुम्काहरू टेक्दै पाँगामा पुगेर अहिलेसम्म नभेटेका दरसन्तानहरू भेट्न पाए! फेरि भेटे पनि विश्वास गर्लान् त उनीहरूले रगतको नाता भनेर! कल्पिँदै थिएँ, म।

फगत् कल्पनामै भक्कु डुबेँ। 

मैले टाढाबाट पुर्ख्यौली थलो चिहाएर कल्पनामा डुबुल्की मारिरहँदा मेरा सहयात्री भने भावहरूले नुहाइरहेको प्रतीत हुन्थ्यो। करिब आधा घण्टा बितायौँ हामीले, त्यो उचाइमा। हामी यायावरद्वयका लागि सुखद् थिए ती पलहरू।

अग्ला पहाडबीच ओझेल परेको पाँगालाई आश्चर्यचकित भएर हेरिरहेँ। मन त्यतैतिर डुलिरह्यो। 

आफैँसँग सोधेँ– पाँगाको नाम सुन्‍ने बित्तिकै किन उठ्छन् मनभित्र अनुभूतिका अनगिन्ती तरङ्गहरू?

चन्द्रागिरिमा चलिरहेको विद्युतीय घिर्लिङको दृश्यले रोमाञ्चित नभइरहन सकेनौँ।

मनराम दाइले भने– ‘केवलकार भइदिए त इन्द्रदह पनि जम्थ्यो होला मज्जैले।’

मैले भनेँ– ‘मान्छेहरूलाई यता जाऊँ कि उता हुन्थ्यो होला।’

एकछिन रमायौँ हामी गन्थनमन्थनमै।

उचाइले ओसिएको ज्यानलाई समाधिस्थल चुमिरहेका कुहिरोका भुल्काको स्पर्शले थप ओस्याउँदै थियो। चिसोले काँडा उम्रिसकेका थिए, मनराम दाइको नाडीभरि। ज्यानले तातो पेय मागेको आभास भयो। नजिकैको होटलमा बसेर तातो कफीको चुस्की लगाउने निधो गर्‍यौँ।

इन्द्र दह।

नेपालका सय वटा पर्यटकीय गन्तव्यमध्येको एक हो, इन्द्रदह। बस्न र खानलाई सुविधायुक्त होटल खुलिसकेकाले पर्यटक नआउने कुरै छैन। हिँड्न सक्ने हाइकिङ गरेर, नसक्ने गुडेरै पुगिन्छ। के युवा, के अधबैंसे, के बूढाबूढी, के स्वदेशी, के विदेशी, सबैका लागि साझा गन्तव्य हो– इन्द्रदह। चोला फेर्ने भयो, कोत गाउँले। खुसी लाग्यो। समृद्धिको कोपिला लाग्दै गरेको कोतगाउँ र कान्तिपुरको चमकलाई एकसाथ क्यामेरामा कैद गरेँ मैले।

‘गोरखा हेरिरहेका कालु पाँडेको आत्माले के अहिले पनि शान्ति पाइरहेकै होला त? के ठान्दो होला यो सालिकले?’ कफी पिउन्जेल आफैँलाई सोधेँ, मैले।
वर्तमान नेपालको अस्तव्यस्त राजनीति देख्दा कति दिक्क लाग्दो हो उनको आत्मालाई! अहिलेका नेताहरूको नक्कली राष्ट्रवाद र कालु पाँडेको देशभक्ति र बलिदानीलाई मनमनै तुलना गरेँ। 

बाइसी–चौबीसी राज्यको एकीकरण गरी बलियो राज्य खडा गर्नमा योगदान दिने कालु पाँडे र अहिलेका नेताको किमार्थ तुलना हुन सक्दैन। 

‘बिचरा! के नै गर्न सक्छ र यो सालिकले? आखिर यो त उनको शिरोच्छेदनपछिको दुखान्त कहानी न हो। युद्ध लड्दालड्दै बाँकी रहेको एकमुठी प्राणवायु पनि टकटकिएपछि इन्द्रदह आरोहण गरेर सूर्यास्तमा आँसु सुकाएको एउटा निहाल वियोगान्त नाटक न हो।’ 

सालिक हेर्दै गर्दा मेरो अन्तरमनले भन्दै थियो।

म कल्पनामै डुबिरहेथेँ। 

भावुक भएर मनराम दाइले भने, ‘राजेन्द्र! कहिलेकाहीँ आफैँलाई विश्रान्ति दिन मन लाग्छ र एक्लै पनि यहाँ आउने गर्छु। प्रत्येकपटक यहाँ आउँदा मन खिन्न हुन्छ। झन् सालिक देख्दा त उनका बारेमा इतिहासमा पढेका कुराहरू मस्तिष्कमा परेड खेल्न थाल्छन्। विलाप गरिरहेझैँ लाग्छ, यी गुराँसका पातहरूले। शिर झुकाएझैँ लाग्छ, फूलहरूले। भकान्निएझैँ लाग्छ, यहाँ चल्ने वायु पनि। आकाशका ताराहरू पनि आफ्नै लास बोकेर प्रभात कुरिरहेझैँ लाग्छ।’
गहिरा भाव व्यक्त गरे, उनले। 

‘साँच्ची, त्यो युद्धमा उनले वीरगति प्राप्त नगरेको भए के हुन्थ्यो होला हगि?’ उनी मलाई प्रश्न गर्छन्।

‘राष्ट्र निर्माताको एकीकरण अभियान अझै तीव्र गतिमा अगाडि बढ्थ्यो होला नि त !’

उनको सवालको जवाफ नफर्काइकनै दुईपाङ्ग्रेलाई स्युचाटारतर्फ फर्काएँ, मैले।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्रमान डङ्गोल
लेखकबाट थप
चरी बनेर उडिन् छिम्केश्वरी
पैतालामा हिउँ, आँखामा हिमालय
कोत गाउँबाट कालु पाँडेको खबर
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्