• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफूलाई समेत विपक्षी बनाइएको मुद्दा आफ्नै इजलासमा पेसी तोकेर सुनुवाइ गर्दै प्रधानन्यायाधीश

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ११, २०७८  १२:२५
1140x725

काठमाडौं- २०७७ मंसिर ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै अख्तियारदेखि मानव अधिकार आयोगसम्म नियुक्ति गरे।

सरकारले प्रतिपक्ष दल र सभामुख उपस्थित नभई तीन सदस्यले नै नियुक्ति गर्ने गरि संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको थियो। सोही दिन भएको नियुक्ति एकै पटक पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक भयो।

यसरी भएको नियुक्तिको चर्को बिरोध भयो। यसविरुद्ध सर्वोच्च अदालतमा तत्कालीन समयमा रिट दायर भए।

संवैधानिक इजलासमा दायर भएका रिटहरुले सुनुवाइको मौकानै पाएनन्। केही दिन अघि परिषद्को बैठकमा संलग्न भएका प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले परिषद्ले गरेको नियुक्तिको बचाउ गर्दै सर्वोच्चमा लिखित जवाफसमेत पेश गरे।

आफूलेसमेत हिस्सा लिएको उक्त बैठकको बचाउ गरेका प्रधान न्यायाधीश राणाले करिव एक वर्षपछि संवैधानिक इजलासमा उक्त अध्यादेशविरुद्धका निवेदनहरुको पेसी तोकेका छन्। राणाले शुक्रबार आफूसहित न्यायाधीशहरुको इजलास तोकेका छन्। 

रिट दायर गर्ने मध्येका एक अधिवक्ता दिनेश त्रिपाठीले परम्परागत र न्यायको दृष्टिले प्रधानन्यायाधीश अलग हुनुपर्ने तर, यो माग गर्दा मुद्दाको सुनुवाइ थप एक वर्ष नहुने देखेपछि आफूहरु विरोध नगरी बहसमा उत्रने तयारी गरेको बताए।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश हुने भएकाले अन्य चारको रायले न्याय हुने आससहित बहस गर्ने उनले बताए।

सर्वोच्चमा संवैधानिक इजसालसम्बन्धी विवाद सम्बन्धी ९ थान निवेदन रहेका छन्। वरिष्ठ अधिवक्ता त्रिपाठी, ओमप्रकाश अर्याल, समृत खरेल र किर्तीनाथ शर्मा लगायको रिट रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा नियुक्त भएका पदाधिकारी सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश राणालाई पनि विपक्षी बनाइएको हुनाले सुनुवाइ नहुँदा प्रश्न उठ्ने कुरा कानुन क्षेत्रका विज्ञहरुले गर्दै आएका थिए। 

सभामुख अग्निप्रसाद सापकोटा स्वयमले पनि रिट दायर गरेका छन्। उनले प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाएका छन्। 

तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेश पहिलो पटक जारी भएको दिन, ३० मंसिरमै संवैधानिक परिषद् बैठक बोलाएका थिए। त्यति बेला तत्कालीन नेकपाभित्र ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल पक्षबीचको विवाद उत्कर्षमा थियो।

प्रचण्ड पक्षको समर्थनमा रहेका सापकोटा बैठकमा उपस्थित भएनन्। त्यही झोँकमा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी कानुन संशोधन गरेका थिए।

उक्त अध्यादेशविरुद्ध दायर रिट सात महिनासम्म सुनुवाइ हुन सकेको थिएन। त्यसबारे कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई ध्यानाकर्षण पत्रसमेत लेखेका थिए। यही बीचमा दुईपटक प्रतिनिधि सभा विघटन भएपछि संवैधानिक इजलासको लामो समय त्यसैमा खर्च भएको थियो।

ओलीले ५ पुसमा पहिलो पटक गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट ११ फागुनमा बदर भयो। तर, उनले पुनःस्थापित संसदमा अध्यादेश पेश गरेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २१ वैशाखमा फेरि संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिन्।

२७ वैशाखमा विश्वासको मत लिने कार्यका लागि प्रतिनिधि सभा बोलाएको सरकारले त्यसको अघिल्लो दिन संवैधानिक परिषद्को बैठक राख्दै ११ संवैधानिक निकायका लागि २० जनाको नाम सिफारिस गर्यो। यसरी सिफारिस भएका उनीहरू संसद् सचिवालयमा सूचना दिँदै ४० दिन कटाएर संसदीय सुनुवाइविना नियुक्त भए।  

ओलीले दोस्रो पटक ७ जेठमा फेरि प्रतिनिधि सभा विघटन गरे। त्यसलगत्तै पुनः राष्ट्रपतिबाट सो अध्यादेश जारी भयो र पदाधिकारी नियुक्त गरिए। त्यसपछि फेरि संवैधानिक इजलासमा मुद्दा थपिए। 

उक्त अध्यादेशविरुद्ध पहिलो रिट १ पुसमा दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्नेमा ४५ दिनसम्म पहिलो सुनुवाइ नै भएन। सुनुवाइ नहुँदै सिफारिस भएका पदाधिकारीले नियुक्ति पाएका थिए।

आफैं विपक्षी भएको मुद्दा किन हेर्दैछन् राणा?

संवैधानिक परिषदसम्बन्धी केही निवेदन नियमित र केही संवैधानिक इजलासमा थिए। संवैधानिक इजलासमा रहेका मुद्दाहरुको पहिलो सुनुवाइ हुँदै छ। 

ती मुद्दामा प्रधानन्यायाधीश राणालाई पनि विपक्षी बनाइएको छ। राणाले लिखित जवाफसमेत पेश गरिसकेका छन्। नियमित वा संवैधानिक जुनसुकै इजलासमा भए पनि यी मुद्दामा राणाको प्रत्यक्ष संलग्नताबारे प्रश्न उठ्ने देखिन्छ।

अध्यादेश जारी भएपछिको संवैधानिक परिषद् बैठकमा राणा प्रत्यक्ष संलग्न हुनेदेखि संवैधानिक निकायका लागि कोटा लिएर ‘आफ्ना मानिस’ नियुक्त गरेकाले उनी मुद्दाको सुनुवाइमा सहभागी हुन नहुने पूर्वन्यायाधीश बलराम केसीले बताए।

राणाबाहेक अन्य पाँच वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास गठन हुनुपर्नेमा त्यो हुन नसकेकाले विवाद भने हुने उनको बुझाइ छ। ‘उहाँले आफैँ नेतृत्व गरेर इजलास गठन गरेर मुद्दा हेर्दा न्यायाधीशको आचारसंहिता र न्यायको मान्य सिद्धान्त विपरीत हुन्छ,’ केसीले भने, ‘यो मुद्दा उहाँले पालेर राख्नु भएको थियो।’ 
राणाबाहेक अन्य पाँच वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास गठन  गरेको भए निर्विवाद हुने उनको बुझाइ छ।

राणाले अख्तियारमा आफ्नो कोटामा उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीशदेखि मानव अधिकार आयोगमा पदाधिकारी र समावेशी आयोगमा अध्यक्षसम्म आफ्नो कोटामा नियुक्ति दिलाउन सफल भएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
सम्बन्धित सामग्री
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन उनले भने, ‘अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा केही जनताको पक्षमा देश विकास गर्... मंगलबार, असार २, २०८३
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ? संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै समितिमा मन्त्रीहरूको अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको पर्याप्त जवाफ नपाइने अवस्था... मंगलबार, असार २, २०८३
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको सम्मान नगरे सर्वसाधारणले कसरी कानुन पालना गर्छन् भन्ने प्रश... मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन मंगलबार, असार २, २०८३
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ? मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्