काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको सदस्यमा वाग्ले र सिंहलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
राष्ट्रिय योजना आयोगको उपाध्यमा सरकारले यसअघि नै अर्थविद् विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो।
योजना आयोगको अध्यक्षता प्रधानमन्त्रीले गर्ने र पूर्णकालीन उपाध्यक्ष सहितको ५ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ। यस्तै, मुख्य सचिव र अर्थ सचिव पदेन सदस्यहरूको रूपमा रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।