काठमाडौं- वरिष्ठ प्रगतिशील गायक तथा संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) निधनप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समवेदना प्रकट गरेका छन्।
७८ वर्षको उमेरमा उपचारका क्रममा टुहुरेको बिहीबार दिउँसो निधन भएको थियो। टुहुरेको निधनको खवरले स्तब्ध बनाएको अध्यक्ष नेपालले जनाएका छन्।
जनताको गीत गाउने गायकका रुपमा नेपाली समाजमा स्थापित जेबी टुहुरेले निरंकुशताबिरुद्ध जनता जगाउन सांगितिक एवम् राजनीतिक क्षेत्रमा अतुलनीय योगदान गरेको नेता नेपालले उल्लेख गरेका छन्।
टुहुरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा अध्यक्ष नेपालले समवेदना प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।