काठमाडौं– नेकपा एमालेले १० औं महाधिवेशनको मिति पर सारेको छ। बिहीबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति पर सार्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए।
यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले मंसिर १०–१२ गते १० महाधिवेशन गर्ने निर्णय गरेको थियो।
बिहीबार केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले महाधिवेशनको मिति सारिएको जानकारी दिए। तर, नयाँ मितिबारे केही बताएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।