काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन्। अध्यक्ष नेपालले आफूहरु सत्ता गठबन्धनकै (घटक) भएकाले सरकारमा नजाने कुरा नहुने बताए।
हिजोको अवस्थामा आफूहरुले सत्ता गठवन्धन भन्न नमिल्ने अप्ठारो अवस्थामा भएपनि अब त्यस्तो अवस्था नभएको उनले बताए। उनले अब पाँच दलीय गठबन्धनमा निरन्तर सहकार्य हुने बताए।
‘हामी सरकारमा आवश्यक परे सहभागी हुने छौं,’ उनले भने ‘सरकारको गठबन्धन हौं। हिजो औपचारिक रुपमा भन्न गाह्रो थियो, तर अहिले छैन।’
नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको भन्दै उनले यो जनताको आम चाहाना पनि भएकाले यसलाई छोडेर जान नसकिने उनले बताए ।
'हामीले पुनर्गठन गरेको पार्टी कम्युनिस्ट पार्टीको पुनर्गठनअन्तर्गत नै हो । निर्वाचन आयोगमा नाम नजुधोस् भनेर नै यो पार्टी राखेका हौं,’ उनले भने, ‘नेकपा लिँदा पुन: पुरानै अवस्थामा फर्कन परेको हो। नेपाल कम्युनिस्ट पार्टी छोडेर जाँदैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।