काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता वेदुराम भुसालले पार्टी क्रान्तिकारी दृष्टिकोण र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताएका छन्।
पार्टी दर्तापछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र रुपान्तरण गर्ने चाहान अनुसार नै पार्टी गठन भएको बताए।
‘देश र जनताप्रतिको सेवाभाव जस्ता मान्यतामा रहने प्रतिवद्धता गर्दछौं। नेपाल कम्युनिष्ट पार्टीको रुपान्तरणको महान अभियानमा सहयोग गर्न आह्वान गर्दछौं,’ उनले भने ‘प्रतिनिधि सभालाई पूर्णकार्यकाल टिकाउन चाहान्छौं। सरकारवाट जनहीत र जनसरोकारका काम होस् भन्ने चाहान्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।