काठमाडौं- दार्चुला घटनाको सत्य तथ्य बुझ्नका लागि सरकारले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ।
उक्त घटनाको सम्बन्धमा भारतसँग आवश्यक कुटनीतिक पहल गर्न समितिले निर्देशन दिएको हो। गृहमन्त्री वालकृष्ण खाँण, रक्षा सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीलाई आमन्त्रण गरेर समितिले उक्त निर्देशन दिएको हो। तुइन तर्ने क्रममा जयसिंह धामीको वेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन काटिदिँदा धामी बेपत्ता भएको भन्दै विरोध भइरहेको छ।
तुइन तर्ने क्रममा साउन १५ गते धामी वेपत्ता भएका थिए। उक्त घटनाको छानविन गर्नका लागि सरकारले सहसचिव जनार्दन शर्माको गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो। समितिले पिडित परिवारलाई छतिपूर्ति उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिएको छ।
छानविनका क्रममा रहेकाले किटानी गरेर कारबाही गर्न समितिले दिर्नेशन दिन नमिलेको समिति सभापति शशी श्रेष्ठले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।