विराटनगर- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथ लिएपछि कार्यालयमा पुगेर आचार्यले पदभार ग्रहण गरेका थिए।
शेरधन राईले आजै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। साथै, प्रदेश प्रमुख प्यासीलाई पनि मुख्यमन्त्रीबाट राजीनामा बुझाएका थिए। आचार्यलाई आजै एमालेले संसदीय दलको नेतामा चयन गरेको थियो।
संसदीय दलको नेता बने लगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सपथ पनि लिएका हुन्। उनी संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
२०७४ माघ २६ गते भएको संसदीय दलको नेतामा राईले आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दै मुख्यमन्त्री भएका थिए। त्यतिबेला राईले २६ मत ल्याएका थिए। आचार्यले भने २४ मत पाएका थिए। ५१ मत मध्ये एक मत बदर भएको थियो।
४३ महिनापछि उनै आचार्यले राईलाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट प्रतिस्थापन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।