काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवपक्ष पार्टी निर्माणमा पहिलो पटक उपत्यकाबाहिर निस्किएका छन्। बुधबार ( भदाै ९ गते)देखि १९ गतेसम्म सातै प्रदेशमा पुग्नेगरी शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बनाएको नेता मोहम्द इस्तियाक राईले बताए।
जसपाले पहिलाे दिन प्रदेश एकको विराटनगर र बागमतीको काठमाडौंमा कार्यक्रम गरेर गरेकाे हाे। जसपाले ११ गतेदेखि १७ गतेसम्म अन्य क्षेत्रमा कार्यक्रम गर्नेगरी तालिका बनाएको छ।
जसपाले जनकपुर, वीरगञ्ज, भैरहवा, पोखरा, सुर्खेत, धनगढीलगायत क्षेत्रमा कार्यक्रम गरिने भएको हो। अन्तिम कार्यक्रम सुर्खेतमा १७ गते गरेपछि सकिने नेता राईले बताए।
कार्यक्रमलाई अध्यक्ष यादव,संघीय परिषद् अधयक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, वरिष्ठ नेता महेन्द्र राय यादव, राजकिशोर यादव हिसिला यमी, नवराज सुवेदीलगायत नेताहरुले कार्यतालिका बनाएर सम्बोधन गर्ने भएका हुन्।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताहरु सम्बोधन गरेर फर्किएका थिए। उनीहरु फर्किएपछि जसपा नेताहरु प्रदेश स्तरको कार्यक्रम बनाएर उपत्यकाबाहिर निस्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।