काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। बिहीबार राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।
विशेष कारणबस आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको हुँदा मुख्यमन्त्रीबाट पनि राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
'म नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश नं १ प्रदेश सभा संसदीय दलको नेता निर्बाचित भई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भई प्रदेश नं १ प्रदेश सरकार सञ्चालन गरिरहेको छ। हाल विशेष कारणबस मैले संसदीय दलको नेताबाट राजिनामा दिई सकेको अवस्था हुँदा नेपालको संविधानको धारा १६९ उपधारा १(क) बमोजिम मुख्यमन्त्री पदबाट समेत राजिनामा गरेको व्यहोरा सादर अनुरोध गर्दछु' राईले दिएको राजीनामा पत्रमा भनिएको छ।
आज बसेको संसदीय दलको बैठकबाट भीम आचार्य दलको नेता चयन भएका छन्। आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी छ। २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।