काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएका छन्।
बिहीबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा उनले दलको नेताबाट राजीनामा दिएका छन्। उनले संसदीय दलको नेताबाट राजीनामा दिएसँगै भीम आचार्यलाई संसदीय दलको नेता चयन गरिएको छ।
पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको उनले बैठकपछि बताए। '
'पार्टी एकतालाई ध्यानमा राखेर आगामी परिस्थितिलाई सामना गर्न, एमालेको प्रभाव र वर्चस्वलाई कामय गर्ने, सरकारलाई जस्ताको तस्तै सुरक्षित ढंगले अगाडि बढाउने उद्देश्यलाई ध्यानमा राखेर संसदीय दलमा संसदीय दलको नेताबाट राजीनामा गरेको छु,' उनले भने, 'भीम प्रसाद आचार्य मेरो आफ्नै प्रस्तावमा दलको नेतामा चयन हुनुभएको छ। भावी मुख्यमन्त्रीको रुपमा उनलाई दलले प्रस्ताव गर्ने छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।