काठमाडौं– नेकपा एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।
भर्खरै सम्पन्न संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएको प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्री उषा कला राईले बताइन्। आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको उनले बताइन्।
काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न बिहानै जहाजबाट विराटनगर आएका थिए।
२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।