काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बुधवारमात्रै नयाँ दलको मान्यता पाएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
नयाँ दल दर्तापछिको अवस्था तथा आगामी रणनीतिबारे छलफल गर्न बोलाइएको बैठक दिउँसो एक बजे पार्टी कार्यालय बबरमहलमा बस्ने एक नेताले बताए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको अवको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।