काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन्। पार्टी विभाजनपछिको समीकरण मिलाउन उनले राजीनामा दिन लागेको एमाले सांसद आशा रत्न जबेगुले बताइन्।
प्रदेश १ मा राईलाई राजीनामा गराएर माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको उनको भनाइ छ।
‘भीम आचार्यलाई संसदीय दलको नेता चयन गरिन्छ, उनले भनिन्, ‘नयाँ मुख्य मन्त्रीमा उहाँको आज नै शपथ हुन सक्छ।’
नयाँ मुख्यमन्त्रीको विषयमा छलफल गर्न अहिले संसदीय दलको बैठक बोलाइएको उनले बताइन्। पार्टी विभाजनपछि पहिलो पटक बोलाइएको बैठक बिहान ११ बजे बस्दै छ।
बैठकले माधवकुमार नेपालको समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावनासमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।