काठमाडौं– नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै छ। आजको वैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ।
बैठक मध्याह्न १२ बजेदेखि च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा सुरु हुने एमाले कार्यालय सचिब शेरवहादुर तामाङले जानकारी दिए।
एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठकमा छलफल हुनेछ।
आजको बैठकले मुख्य गरी १० बुँदे कार्यन्वयन प्रस्तावसम्बन्ध स्थायी कमिटीको निर्णय अनुमोदन गर्नेछ। साथै, बैठकले पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे समेत निर्णय गर्नेछ।
आजको बैठकमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल हुने अजेन्डा तय भएको कार्यालय सचिव तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।