• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फेरियो संसदको अंकगणित

64x64
नेपाल लाइभ बिहीबार, भदौ १०, २०७८  ०६:५०
1140x725
फाइल तस्बिर

काठमाडौं- बुधबार अबेर दुई नयाँ राजनीतिक दलले मान्यता पाएको छ। नयाँ दल गठनका लागि निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी अस्तित्वमा आएका हुन्। ती दलका निम्ति बुधबार निर्वाचन आयोगमा सनाखत गरिएको थियो।

एमाले विभाजन गरी गठन गरिएको एकीकृत समाजवादीको पक्षमा ३० संघीय सांसद् र ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए। त्यस्तै लोसपाको पक्षमा १४ संघीय सांसद् र १७ केन्द्रीय कार्यकारिणी समिति सदस्यले सनाखत गरेका छन्।

पछिल्लो विभाजनसँगै संघीय संसद्‌मा दुई नयाँ दल थपिएका छन्,  जुन चौथो र छैटौं हैसियतको दल जन्मिएका हुन्।

प्रतिनिधि सभामामा अंकगणित
२७५ सदस्यीय प्रतिनिधि सभामा माओवादी केन्द्रले चार जना (टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी) लाई पदमुक्त गरेको थियो। त्यस्तै, कांग्रेसका दुई (विजय गच्छदार र मो. अफताव आलम) र एकीकृत रहेको अवस्थामा रहँदाको जसपाका दुई (हरिनारायण रौनियार र रेशम चौधरी) निलम्बन छन्।

एमाले विभाजन भए पनि सबैभन्दा ठूलो दल भने उही हुनेछ। प्रतिनिधि सभामा एमालेका १२१ सदस्य थिए। अब उसका ९८ सांसद् रहनेछन्। दोस्रो ठूलो दल कांग्रेसका ६३ जना सांसद् छन्। तीमध्ये दुई जना निलम्बनमा छन्।

तेस्रो ठूलो दल माओवादी केन्द्र यथावत् रहनेछ। सुरुवातमा ५३ सदस्य रहेको उसले चार जनालाई पदमुक्त गरेको थियो। अब उसँग सभामुखसहित ४९ जना सदस्य छन्।

चौथो ठूलो दल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग २३ सांसद् छन्। विभाजन गर्दा प्रतिनिधि सभाका २३ सांसद्ले सनाखत गरेका थिए। थप चार सांसद्ले पनि सनाखतका लागि निवेदन दिएका थिए। त्यसलाई भने निर्वाचन आयोगले अस्वीकार गरेको थिए। उनीहरुले पछि कुनै उपायद्वारा एकीकृत समाजवादीतिर जाने अवस्था बनेमा सो दलका २७ सांसद् हुनेछन्। त्यस्तै एमालेको आधार घटेर ९४ जना पुग्नेछ।

जसपा विभाजन भएसँगै उसँग २० सांसद् कायम भएका छन्। त्यसमध्ये एकजना हरिनारायण रौनियार निलम्बनमा छन्। अब ऊ संसद्को पाँचौं ठूलो दल भएको छ।

Ncell 2
Ncell 2

जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टीसँग १४ सांसद् हुने भएका छन्। तीमध्ये एकजना रेशम चौधरी निलम्बनमा छन्। बुधबार गरिएको सनाखतमा उनले हस्ताक्षर गर्न नपाए पनि उनी लोसपातिर लाग्ने भएका छन्। यो दल प्रतिनिधि सभाको छैटौं दल हुनेछ। 

यसबाहेक संसद्मा राष्ट्रिय जनमोर्चाका एक, नेमकिपाका एक, राप्रपाका एक र स्वतन्त्र सांसद् एक जना छन्।

राष्ट्रिय सभामा पनि बदलियो समीकरण
बुधबार भएको दुई दलको विभाजनअघि राष्ट्रिय सभामा एमालेका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबाट मनोनित दुई सांसद् सहित ३३ जना सांसद् थिए। त्यस्तै, माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनित सहित १५ जना थिए। त्यस्तै कांग्रेसका सात जना र जसपाका ३ जना सांसद् थिए। त्यस्तै, एक जना स्वतन्त्र सांसद् छन्। एमाले र जसपा विभाजन भएपछि भने राष्ट्रिय सभामा तेस्रो र छैटौं दलको जन्म भएको छ।

अब राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल एमाले २६ सिटमा खुम्चिएको छ। जसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रपतिबाट मनोनित विमला राई पौडेर र वामदेव गौतम पनि छन्।

दोस्रो ठूलो दल माओवादी केन्द्रसँग १५ जना यथावत् छन्। जसमा उपाध्यक्ष शशिकला दाहाल र राष्ट्रपतिबाट मनोनित रामनारायण विडारी छन्।

माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी तेस्रो ठूलो दल हुने भएको छ। सांसद् संख्याका आधारमा यो पार्टी र कांग्रेससँग बराबर सातसात जना सांसद् छन्। तर, स्वतन्त्र सांसद् खिमलाल देवकोटा पनि नेपाल निकट भएको र उनकै जोडबलमा निर्वाचित भएकाले औपचारिक/अनौपचारिक रुपमा माधव नेपालको साथमा आठ सांसद् हुनेछन्।

चौथो ठूलो पार्टी कांग्रेस हुनेछ। उसका सात जना सांसद् यथावत् छन्। जसपासँग अब दुई सांसद् बाँकी छन्। त्यस्तै, जसपा विभाजित भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीसँग भने एक सांसद् छन्।

सांसद् खिमलाल देवकोटा भने स्वतन्त्र हैसियतमा रहनेछन्। उनी माधव नेपाल निकट भएकाले त्यही दलमा जोडिने सम्भावना पनि छ।


 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्