काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) का १४ जना सांसदले नयाँ दल दर्ताका लागि सनाखत गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुधबार संघीय संसदका १४ जना सांसदले हस्ताक्षर गरेका हुन्।
जसपाका कार्यकारीणी सदस्य तर्फ १७ जनाले हस्ताक्षर गरेका छन्। यो सँगै लोकतान्त्रिक समाजवादी पार्टी पार्टीले दुवैतिर २० प्रतिशतको सिमा पुर्याएको छ।
यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी लागि सनाखत गर्ने जसपाका १४ सांसद
महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
लक्ष्मणलाल कर्ण
चन्दा चौधरी
निर्जला राउत
विमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरीय
एकवाल मियाँ
चन्द्रकान्त चौधरी
दुलारीदेवी खँग खत्वे
कल्लुदेवी विश्वकर्मा
शेखरकुमार सिंह (राष्ट्रिय सभा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।