फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बचाउन नसकेकोमा आफू दुःखी भएको बताएका छन्। बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्रका केही मान्छेलाई आफूले सच्याउन नसकेको बताए।
'पार्टी विभाजनका जिम्मा मैले लिइरहनुपर्ने होइन। यद्यपि, म पार्टीको प्रमुख भएको हुनाले मेरो समयमा, जुन ठाउँमा पार्टी पुगेको थियो, मैले बचाउने कोसिस गरेँ। प्रयास गर्दागर्दै पनि केही मानिसका मनोवृत्ति र प्रवृत्तिले गर्दा त्यसलाई बचाउन सकिएन। त्यसमा म दुःखित छु। केही मान्छेलाई सच्याउन खोजेँ। सकिनँ। म दुःखित छु,' उनले भने।
ओलीले आफूले पढाएका सबै विद्यार्थीले डिस्टिङ्सन ल्याउन्, सयमा सय ल्याउन् भन्ने चाहेको भए पनि कोही कोही त्यस्तो हुन नसकेको र फेल भएकोमा दुःख लागेको बताए।
'अब केही मान्छेलाई बाक्लो दाल खान मन लाग्यो भनेर सानो हन्डी लिएर चौको बसाउन जाँदा अनि तपाईंलाई दाग लाग्यो नि भन्ने? केको दाग लाग्छ? दाग त हन्डी बोकेर बाक्लो दाल बसाउन जानेलाई लाग्छ? यहाँ नेकपा एमालेमा त्यत्रो लंगुर लागेको जस्तो छ, यत्रो हाँडी पर्तिर बसाउन किन जानुपर्यो?,' उनले माधवकुमार नेपाललाई भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।