काठमाडौं– काभ्रे जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुन: केशव थापा दाेहाेरिएका छन्। काभ्रे जिल्ला तेक्वान्दो संघको दोस्राे चुनावी साधारण सभाले थापाकै अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हाे।
संघकाे उपाध्यक्षमा उद्धव सापकाेटा र अमृत हुमागाईं चयन भएका छन्। त्यसैगरी, रामकृष्ण घिमिरेले सचिव, दीपक थापाले सह–सचिव र रुपक ताम्राकारले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।
संघकाे सदस्यमा दीपेन्द्र थापा, सुरज तामाङ, स्नेहा भेटवाल, चाँदनी पौडेल, सुनिल सापकोटा, विनोद थापा, मनोज सापकोटा, अमृत हुमागाईं र कृष्णप्रसाद घिमिरे रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।