काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई पार्टीको प्रवक्तामा नियुक्त भएका छन्।
साविकको एमालेमा प्रवक्ताकै जिम्मेवारीमा रहेका भट्टराई एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन भएपछि त्यो जिम्मेवारीबाट अलग्गिएका थिए।
सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा अध्यक्ष ओलीविरोधी कित्तामा रहेका भट्टराई त्यसपछि मंगलबारमात्र पहिलोपटक एमाले बैठकमा सहभागी भएका थिए।
एमालेले २०७५ जेठ २ अगाडिको संरचना ब्युँताउने निर्णय गरेपछि उनी फेरि प्रवक्ताको जिम्मेवारीमा फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।