काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर नयाँ दल दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुरपक्षका ३१ जनाले सनाखत गरेका छन्।
बुधबार निर्वाचन आयोगमा नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि जसपाका १४ सांसद र १७ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन्।
आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएको उक्तपक्षलाई सनाखतका लागि सशरीर उपस्थित हुन भनेको थियो।
तत्कालीन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जना र संघीय संसद्का ३७ मध्ये १५ जनाले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गरेका छन्।
रेशम चौधरीको भने सांसदको रुपमा नभइ कार्यकारीणी सदस्यको रुपमा जेलबाटै सनाखत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।