फाइल तस्वीर
काठमाडौं- एमालेवाट अलग भएर बनेको एकिकृत समाजवादी पार्टीको सनाखतका लागि दोस्रो तहका नेताहरु नआएपछि माधव नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले उनीहरुको पहिलो रेल छुटेको र दोस्रोमा आउन आग्रह गरे।
निर्वाचन आयोगमा सनाखतका लागि बुधबार पुगेका खतिवडाले पत्रकारसँग कुरा गर्दै उनले केपी शर्मा ओलीको प्रवृत्तिसँग उनीहरु मिल्न नसक्ने भन्दै अन्तत समाजवादीतिर आउने आसा व्यक्त गरे।
‘दोस्रो पुस्ता भनेका नेताहरु मध्यपन्थमा लागे। उहाँहरु भूल भुलैयामा लाग्नु भयो’ उनले भने ‘ यो अभियानबाट भाग्नु भयो। निर्वाचन आयोगमा हामी आइसकेपछि उहाँहरुले धोका दिनु भयो। ’
उनले ओलीसँग मिल्न नसक्ने भन्दै फर्केर आउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।