काठमाडाैं– नेकपा एमालेबाट विभाजन भएर दल दर्ताका लागि निर्वाचन आयोग पुगेको नेकपा एकीकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरेको छ।
माधव नेपालको नेतृत्वमा दर्ता भएको पार्टीका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेकी सांसद निरा जैरुले यस्तो दावी गरिन् । ‘उपस्थित सवैले सनाखत गर्न पाउँछन् । हामी विश्वस्त छौं, पूर्ण संख्या कायम हुन्छ,’ उनले भनिन्, ‘पहिला नआएको भए पनि अहिले आएकालाई गणना नहुने हामीलाई जानकारी छैन।’
झलनाथ खनालले वारेस डकुमेन्ट आएको भन्दै उनले प्रविधिकाे प्रयाेगमार्फत हस्ताक्षरसहित आइपुग्ने बताइन्। सुरुमा नेपाल पक्षमा रहे पनि केपी शर्मा ओली पक्षमा लागेका व्यक्तिलाई उनले धन्यवाद भनिन्।
हिजो प्रतिगमन भनेको र बालुवा पेलेर तेल निस्कँदैन भन्नेहरु नै अहिले के देखेर उता लागेकाे भन्दै उनले प्रश्न गरिन् उनले अहिले पनि फर्कने समय रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।