काठमाडौं- नेकपा एमालेबाट विभाजन भएर दल दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्नेक्रम सुरु भएको छ।
नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन्।
उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए।
आयोगले दुबै पार्टीका सांसद र केन्द्रीय सदस्यको लाइन फरक-फरक राख्ने व्यवस्था गरेको छ। प्रस्तावित नेकपा(एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।