काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएर दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टी दर्ताका लागि आज (बुधबार) निर्वाचन आयोगले सनाखत गर्दै छ।
आयोगले सनाखतका लागि ११ बजेदेखि २ बजेसम्म सशरीर उपस्थित हुन भनेको छ।
त्यसका लागि आयोगले दुबै पार्टीका सांसद र केन्द्रीय सदस्यको लाइन फरक-फरक राख्ने व्यवस्था गरेको छ। प्रस्तावित नेकपा(एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ।
सोही व्यवस्था प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि समेत मिलाइएको आयोगले जनाएको छ।
सनाखतका लागि नेताहरुको उपस्थिति हुनेभएसँगै निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।