काठमाडाैं– नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बस्ने भएका छन्। पार्टीको आसन्न महाधिवेशनसँग सम्बन्धित विभिन्न मागसहित उनीहरु पार्टी कार्यालय सानेपामा रिले अनसन बस्न लागेका हुन्।
मुख्य रुपमा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने मागसहित उनीहरु आज (बुधबार)देखि अनसनमा बस्न लागेका हुन्।
तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका जगदीश्वर नरसिंह केसी र धदिङका रमेश धमला अनसनमा बस्न लागेको केसीले बताए। उनीहरू २४ घण्टा बसेपछि अन्य जिल्लाका तीन जना बस्ने तयारी रहेको उनले बताए।
आफ्ना माग सुनुवाइ गर्न भन्दै मंगलबार केन्द्रीय कार्यालयमा धर्ना दिँदा पनि पार्टी नेतृत्वले माग सुनुवाइ नगरेको भन्दै अनसन बस्न लागेको उनको भनाइ छ।
तीन बुँदे माग
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस्।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।