• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१४ जना सांसद्‍माथिकाे कारबाही विचाराधीन भन्दै सचिवालयद्वारा पत्र, निर्वाचन आयोगले सनाखत गर्न मिल्छ कि मिल्दैन?

64x64
किशोर दहाल बुधबार, भदौ ९, २०७८  ०९:२३
1140x725

काठमाडौं- संसद् सचिवालयले नेकपा एमालेको संसदीय दलका सदस्यहरुको सूची निर्वाचन आयोगलाई पठाएको छ। आयोगले भदौ ४ गते नै सचिवालयलाई पत्र पठाएको भए पनि बीचमा बिदा परेका कारण मंगलबार मात्रै पत्र सचिवालयमा दर्ता भएको थियो।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेको निवेदनमा सनाखत गराउनुअघि विवरण मागेर पत्र लेखेको थियो। आयोगको पत्र अनुसार संसद सचिवालयले मंगलबार नै सांसदहरुको सूची बनाएर पठाएको हो।

संसद् सचिवालयले एमालेका संघीय संसद्का १५४ जनाको सूची पठाएको छ। जसमा १२१ जना प्रतिनिधि सभाका र ३३ जना राष्ट्रिय सभाका सदस्य छन्। राष्ट्रिय सभा सदस्यमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा राष्ट्रपतिबाट मनोनित वामदेव गौतम र विमला राई पौडेल पनि समावेश गरिएका छन्।

भदौ १ गते नेकपा एमालेले आफ्ना १४ सांसद्लाई कारबाही गरेको भन्दै पदमुक्त गर्न सचिवालयलाई जानकारी पठाएको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटाले परामर्श जारी रहेको भन्दै सूचना टाँस गर्न ढिलाइ गरेका थिए। सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएसँगै सूचना टाँस गर्नु वा नगर्नुको औचित्य सकिएको संसद् सचिवालयका एक अधिकारीले बताए। 'हामीले पठाएको सूची अनुसार निर्वाचन आयोगले सनाखत गर्नेछ। अब आयोगलाई पनि काम गर्न सहज भएको छ', उनले भने।

एमालेको निरन्तर दबाब
भदौ १ गते नै एमालेले निष्काशन गरेको जानकारी गराउँदै संसद् सचिवालयमा पत्र पठाएको थियो। उसले निष्काशन गरेका सांसद्हरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी छन्।

तर सभामुखबाट तत्काल सूचना टाँस नभएपछि एमालेले सभामुखलाई दबाब दिँदै आएको थियो। भदौ ३ गते सभामुखको कार्यकक्षमै पुगेर एमाले सांसद्हरुले तत्काल सूचना टाँस गर्न भन्दै धम्की दिएका थिए। उनीहरुले कार्यकक्षमै धर्ना दिनेदेखि बल प्रयोग गर्नेसम्मका चेतावनी दिएका थिए। साथै, भदौ २ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुखलाई विभिन्न लाञ्छना लगाएका थिए।

मंगलबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि सभामुखले सभामुखको जस्तो भूमिका नखेलेको बताएका थिए। 'उहाँले जे गर्नुभएको छ, संविधानको बर्खिलाप गर्नुभएको छ। संसदीय अभ्यासको बर्खिलाप गर्नुभएको छ। एउटा पार्टीलाई लक्षित गरेर पूर्वाग्रहपूर्ण र कानुनले नचिन्ने र नामान्ने खालका क्रियाकलाप गर्नुभएको छ', ज्ञवालीको भनाइ थियो।

संसद् सचिवालयले भने कारबाहीको विषय विचराधीन भएको भन्दै एमालेका सबै सांसद्हरुको सूची पठाएको हो। 'मिति २०७८/०५/०१ मा दल त्यागसम्बन्धी सूचनाको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको एवम् बोधार्थ तहाँ आयोगलाई समेत दिइएको र उक्त विषय नियमानुसार विचाराधीन रहेको,' सचिवालयले आयोगलाई पठाएको पत्रमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सचिवालयले पठाएको पत्रमा १४ जनालाई कारबाही गरिएको विषय विचराधीन रहेको उल्लेख भएकाले उनीहरुको सनाखत नहुने बताउँछन्। 'कारबाही विचराधीन रहेको जानकारी आयोगलाई प्राप्त भएपछि निर्वाचन आयोगले ती सम्बन्धित १४ जनाको हकमा सनाखत गर्न मिल्दैन,' नेपाल लाइभसँगको कुराकानीमा उनले भने।

निर्वाचन आयोगमा प्रवक्ता राजकुमार श्रेष्ठले भने संसद् सचिवालयबाट त्यस्तो जवाफ सहित आएको पत्रमा के गरिन्छ भनेर आफूले भन्न नसक्ने बताए। 'आयुक्तहरुको बैठकबाट निर्णय होला,' उनले भने।

आयोगले आज सनाखत गर्दै
निर्वाचन आयोगले अलग्गै दल दर्ताका लागि निवेदन दिएका एमालेका सांसद् तथा केन्द्रीय सदस्यहरुलाई आज निर्वाचन आयोगमा सनाखत गर्ने भएको छ। उनीहरुलाई बुधबार ११ बजेदेखि २ बजेसम्म आयोगको कार्यालयमा आउन भनिएको छ।

माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन परेको थियो। उनले ९५ जना केन्द्रीय सदस्यहरुको सूची निर्वाचन आयोगमा उपलब्ध गराएका छन्। तर, एमालेको केन्द्रीय सदस्यको सूचीमा रहेका झलनाथ खनाल उपचारका क्रममा नयाँ दिल्लीमा रहेकाले सनाखतका लागि उपस्थित हुन सक्ने छैनन्। उनले दिल्लीबाटै सनाखतको व्यवस्था मिलाउन दिएको निवेदन पनि आयोगले अस्वीकार गरेको छ। साथै, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा देवी भट्ट तथा राजन राईले आफूहरु एकीकृत समाजवादीतिर लागेकाले सनाखत गराइयोस् भनेर दिएको निवेदन पनि आयोगले अस्वीकार गरेको छ।

नेपाल नेतृत्वको पार्टीमा लाग्नेहरु भदौ ७ गतेदेखि नै चन्द्रागिरिमा भेला गरिरहेका छन्। त्यहाँ झन्डै १०० जना नेताहरु रहेको नेताहरुको भनाइ छ। सहभागी एक सांसद्को अनुसार यतिबेला त्यहाँ ३२ जना सांसद्हरु छन्। जसमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका ९ जना छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्