काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले यसअघि विभिन्न पदमा रहेका नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न विभागका नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ। बैठकले पार्टी प्रवक्ताको जिम्मा नेता कृष्णबहादुर महरालाई दिएको छ।
यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्ज बनाउने निर्णय बैठकले गरेको थियो।
यस्तै, यसअघि कर्णाली प्रदेशको इञ्चार्ज रहेको जनार्दन शर्मा संगठन विभाग प्रमुखको जिम्मेवारीमा आएका छन्।
त्यसैगरी, प्राध्यापक सम्बद्ध संगठनहरुको इञ्चार्जमा नारायण शमा तथा केन्द्रीय कार्यालयको इञ्चार्जको जिम्मा वर्षमान पुनलाई दिइएको छ।
यस्तो छ माओवादी केन्द्रको नयाँ जिम्मेवारी










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।