फाइल तस्वीर
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन १ दिनको फरकमा हुने भएको छ।
नेकपा एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। जबकि नेपाली कांग्रेसको साउन ३० गतेको केन्द्रीय समिति बैठकले मंसिर ९ गते महाधिवेशनको मिति तय गरेको थियो।
कांग्रेसको महाधिवेशन मंसिर ९ देखि ५ दिनसम्म चल्ने जनाइएको छ। भदौका लागि निर्धारित गरिएको महाधिवेशन कांग्रेसले मंसिरमा सार्ने निर्णय गरेको हो।
एमालेले पनि भदौ अन्तिम साता गर्ने भनेको विधान महाधिवेशन केही दिन पर सार्ने निर्णय गरेको छ। मंगलबारको स्थायी कमिटी बैठकको निर्णयानुसार एमालेको विधान महाधिवेशन आगामी असोज ४,५ र ६ गते हुनेछ।
एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटीको बैठक गर्ने, २७ र २८ गते केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।