१) पार्टी विभाजन छोडेर सबैलाई मूल पार्टीमा फर्कन एमालेको आग्रह।
२) नेपालले ओलीमाथि लगाए गणतन्त्र विरोधीदेखि ज्ञानेन्द्रसँग साठगाँठसम्मको आरोप, धर्मलाई राजनीतिमा मिसाउने घृणित खेल सुरु गरेको दाबी, बीचमा रहेका नेताले घर न घाटको बनाउने प्रयत्न गरेको तर्क। (ओलीमाथि माधव नेपालको आरोप)
३) माधव नेपालसहित १४ जनाको सनाखत नगर्न निर्वाचन आयोगलाई एमालेको दबाब, नयाँ पार्टी दर्ता गर्नेहरु बुधबार साढे ११ देखि २ बजेभित्र निर्वाचन आयोग पुग्नुपर्ने। (निर्वाचन आयोगलाई एमालेको दबाब)
४) तालिबानसँग सहमति भएको अगस्ट ३१ को समयसीमा अघि सबैलाई उद्धार गर्न नसकिने स्पेन र ब्रिटेनको भनाइ, विद्यमान घटनाक्रम जिम्मेवार रहेको ठहर। (अफगानिस्तानः काबुलबाट सबैको उद्धार नहुनसक्छ)
५) र, ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान, ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ खेलाडीसहित २२ सदस्यीय टोली। (नेपाली क्रिकेट टोली ओमानतर्फ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।