काठमाडौं– नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिस समेत गर्न सो कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा मूलरुपमा तीन वटा कार्यसूचीमाथि छलफल भएको र निष्कर्ष निकालिएको बताए। पहिलो कार्यसूचीमा १० बुँदे प्रस्तावको कार्यान्वयनको विषय रहेको र त्यस सम्बन्धमा हामीले विभिन्न ८ वटा निर्णय गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।