काठमाडौं– नवगठित नेकपा (एकिकृत समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफ्नो दलमा केन्द्रीय सदस्य र सांसदको संख्या बढेको दाबी गरेकी छन्।
‘निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या निवेदन दर्ताको दिन भन्दा बढेको छ,’ उनले भनिन्। बुधबार सनाखतका लागि आवश्यक संख्या पुग्ने उनले दाबी गरिन्। बाहिर हल्ला चलेजस्तो आवश्यक संख्या नपुग्ने कुरामा आधार नभएको झाँक्रीको भनाइ छ।
उक्त दलको केन्द्रीय कमिटीको बैठक सकिएको छ। चन्द्रागिरीमा सोमबारदेखि बसेको बैठकले पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावलीमाथि छलफल गरेको छ।
पार्टीको घोषणा र कम्यूनिस्ट आन्दोलनको पुनर्जागरणका विषयमा पनि छलफल भएको झाँक्रीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।