काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठकले जेठ २ गतेमा फर्कने निर्णय गरेको छ। साथै, बैठकले पार्टी विभाजनको गतिविधिमा लागेका सबैलाई मूल पार्टीमा फर्कन आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
पार्टी विभाजन छोडेर फर्केमा उनीहरुलाई कुनै कारबाही नहुने प्रवक्ता ज्ञवालीले बताए। ‘पार्टी एकतामा आबद्ध हुनुस्, पार्टी एकतामा आउन हामीले आग्रह गरेका छौं,’ उनले भने, ‘पार्टीमा कुनै भेदभाव वा कारबाही हुँदैन।’
दल दर्ताको प्रक्रिया बदर गरेर आए सबैलाई स्वागत गरिने उनको भनाइ थियो। असहमति प्रकट गर्दा राजनीतिक र मर्यादित हुनसमेत उनले आग्रह गरे।
एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी दर्ताका लागि बुधबार सनाखत गर्नुअघि एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।