काठमाडौं- नेकपा (एमाले) विभाजन भइ नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिँदा तटस्थ रहेका चार नेताले माधवकुमार नेपालपक्षमा रहेको निवेदन निर्वाचन आयोगमा दिएका छन्।
दल विभाजनको निवेदन दर्ता गर्ने बेला हस्ताक्षर नगरेका प्रतिनि सभा सदस्यद्वय सोमप्रसाद पाण्डे र माया ज्ञवाली, राष्ट्रिय सभा सांसद शारदादेवी भट्ट र राजन राईले आयोगमा निवेदन दिएका हुन्। पाण्डे र राई एमालेका केन्द्रीय सदस्य हुन्।
राई चन्द्रागिरीमा बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी थिए। पाण्डे नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका सम्धी हुन्।
उनीहरू निर्वाचन आयोगमा गएर आफूहरू नेकपा एकीकृत समाजवादीमा आबद्ध भएको लिखित जानकारी गराएका छन्। अध्यक्ष नेपालको तर्फबाट निर्वाचन आयोगमा दल दर्ताको जिम्मा पाएका राजेन्द्र पाण्डेसँगै उनीहरु आयोग पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।