काठमाडौं– एमाले विभाजन गरी नयाँ दल निर्माणको पक्षमा खुलेका नेता झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गर्न नपाउने भएको छ।
हाल उपचारका लागि भारतको राजधानी दिल्लीमा रहेका नेता खनालले भारतस्थित नेपाली दूतावासमार्फत नयाँ पार्टी दर्ताको लागि सनाखत गराइ निवेदन दिए पनि निर्वाचन आयोगले भने सशरीर उपस्थित नहुनेको सनाखत नगर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले सशरीर उपस्थित नहुनेको सनाखत नहुने निर्णय गरेको जानकारी दिए।
राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीले आयोगमै सशरीर उपस्थित भएर सनाखत गराउने व्यवस्था गरेकाले उपस्थित नहुनेको सनाखत नगराउने निर्णय भएको अधिकारीले जानकारी दिए।
एमाले विभाजन नयाँ (नेकपा एकीकृत समाजवादी) पार्टी दर्ता गर्नेलाई निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।