काठमाडौं- नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली राजदूतावासबाटै सनाखतको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई पत्र पठाएका छन्।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ। त्यसका लागि खनाल भौतिक रुपमा सहभागी हुन सम्भव नभएपछि उनले पत्र पठाएका हुन्।
ऐन तथा नियमावलीहरुमा यस्तो परिस्थितिका सन्दर्भमा कुनै कुरा उल्लेख नभएकाले आयुक्तहरुको बैठकले निर्णय गर्नुपर्नेछ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खनालको पत्र आएको भएता पनि त्यसपछि के गर्ने भन्ने सन्दर्भमा निर्णय भइनसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।