काठमाडौं– नेकपा एमालेको विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरु पनि सहभागी भएका छन्।
बैठक केही बेरमा च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु हुँदैछ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको ३ बजेलाई सारिएको थियो।
एमालेमा अन्तर्संघर्ष चुलिएका बेला वरिष्ठ नेता माधवकुमार नेपालपक्षमा रहेका र पार्टी विभाजनका बेला उनको साथ छाडेका १० जना स्थायी कमिटी सदस्यहरुले सोमबार एमाले अध्यक्ष ओलीसँग गरेको ‘वार्ता’पछि यो बैठक तय भएको थियो।
ओलीले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन यो बैठक बोलाइएको बताएका थिए। तर, माओवादीबाट आएका नेताहरुसमेत सहभागी हुने भएपछि यो बैठक जेठ २ कै अवस्थाको बैठक हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।