काठमाडाैं– निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टीका नेताहरुको सनाखतका लागि बुधबारको समय तोकिदिएको छ।
आयोगले दुवै पक्षलाई भोलि साढे ११ बजेदेखि २ बजेभित्र आइपुग्न भनेकाे छ। एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)ले २२ जना सांसद र ५८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने आयाेगकाे भनाइ छ।
सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने भएकाले र कोभिड १९को मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी समय र स्थान निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।