काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ।
मंगलबार विहान ११: ४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो। सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो।
डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो। सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन्। सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।