काठमाडाैं– नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई घर न घाटको बनाउने प्रयत्न भएको बताएका छन्।
पार्टी गठन गर्न नदिने षड्यन्त्र तेस्रो धारका नेताले गरेको संकेत गर्दै उनले भने, ‘न यता जान दिने, न उता जान दिने भइरहेको छ। केपी ओलीको गतिविधिलाई रोक्न केही पनि नगर्ने तर हामीलाई आन्दोलनबाट वञ्चित गर्ने कार्य भइरहेको छ।’
आफू निकट नेताहरुको भेला पछि चन्द्रागिरिमा पत्रकारसँग बोल्ने क्रममा नेपालले ‘बीचमा रहेका नेता’ले ओलीको गलत क्रियाकलापबारे बोल्न हिच्किचाएको उनको बुझाइ थियो। ‘हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ। त्यो षड्यन्त्रलाई हामी चिर्छाैं। कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध बनाउने हाम्रो अभियान जारी रहनेछ।’ नेपालले भने, ‘पार्टीबाट निस्कासन गरेपछि कि त घुँडा टेक्नुपर्ने थियो। कि त क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्थ्याे।’
ओलीको धारणा परिवर्तन भए भविष्यमा एकता हुन सक्ने उनले बताए। नयाँ दल गठन गर्नु विद्रोह भएको उल्लेख गर्दै इतिहासमा विद्रोहीले नै सफलता हासिल गरेको तथ्य रहेको दाबी गरे। तत्काललाई एकता टरेको उनले प्रष्टाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।