काठमाडौं– पाँच पूर्वराजदूतहरूले अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न आग्रह गरेका छन्।
रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्वराजदूतहरू दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्वराजदूत सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्केले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
‘अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ विकसित भइरहेको स्थितिले यो क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी असर पर्ने निश्चित छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।