काठमाडौं- प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागतमी प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन्।
मंगलबार चन्द्रागिरिमा पत्रकार सम्मेलनमा बोल्दै उनले शाक्यले मुख्यमन्त्री बन्दै गर्दा आफ्नो चाहनाबाट नै मुख्यमन्त्री बनेको बताएका हुन्। 'उहाँ पनि अहिले अप्ठ्यारोमा हुनुहुन्छ। किनकि, अब २१ दिनभित्र पार्टी खुलाउनुपर्ने हुन्छ', उनले भने।
नेता नेपालले शाक्यले अब लिने निर्णयका आधारमा हामीले उहाँको सरकारलाई सघाउने वा नसघाउने निर्णय हुने बताए।
नेता नेपालले गत भदौ २ गते नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिँदै गर्दा शाक्य भने बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्। त्यसअघि शाक्य नेपाल पक्षमा थिइन्। तर मुख्यमन्त्री बनेसँगै उनी केपी ओली पक्षमा पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।