Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीमाथि माधव नेपालको आरोप: धर्मलाई राजनीतिमा मिसाउने घृणित खेल सुरु गरे, ओली सरकार इतिहासकै भ्रष्ट 

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  १२:४९
1140x725

काठमाडौं– एमालेबाट अलग भएर एकीकृत समाजवादी दल निर्माण जुटेमा माधवकुमार नेपालले नेपालमा कायम रहेको धार्मिक सद्भावमा असर पुग्ने र कम्युनिष्टहरुको आचारणभित्रै नपर्ने धर्मलाई राजनीतिमा मिलाउने घृणित खेलको सुरुवात केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन्।

मंगलबार चन्द्रागिरिमा केन्द्रीय कमिटी बैठक जारी रहँदा  नेता नेपालले ओलीको सर्वसत्तावादी सोच र अरुलाई अपमान गर्ने व्यवहारका कारण समस्या उत्पन्न भएको बताए।  

बुधबार पार्टी दर्ताका लागि सनाखत बुझाउनु अघि चन्द्रागिरि पुगेर आफ्ना नेता तथा कार्यकर्तालाई उनले ओलीमाथिको राजनीतिक टिप्पणीको प्रतिवेदन वितरण गरेका थिए। कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यकता शीर्षकमा रहेको प्रतिवेदनमा उनले एमालेवाट विभाजन भएर किन अलग पार्टी बनाउने र ओलीको किन विरोध भनि विस्तृत उल्लेख गरेका छन्। 

‘जनतालाई आ–आफ्नो विश्वास अनुसार धर्म मान्न र आफ्नो संस्कृतिको जगर्ना गर्ने अधिकार छ भन्ने कुरालाई कम्युनिस्ट पार्टी दृढ विश्वास गर्दछ’ प्रतिवेदनमा भनिएको छ ‘धर्म र संस्कृतिका नाममा मानिसले मानिसको शोषण गर्न हुँदैन, धर्मको नाममा अन्धविश्वास फैलाउन, मानिस–मानिसका बीचमा भेदभाव गर्न–गराउन पाइन्न भन्ने मूल मान्यताहरू नै धर्म–संस्कृतिबारे कम्युनिस्ट पार्टीका सन्तुलित दृष्टिकोणहरू हुन्।’   

'कम्युनिस्ट पार्टीले जनताको धार्मिक आस्थाको सम्मान गर्दछ तर धर्मलाई राजनीतिसंग मिसाउने घृणित खेलमा कम्युनिस्ट पार्टी कहिल्यै फँस्दैन,' उनको टिप्पणीमा भनिएको छ, ‘तर के.पी.शर्मा ओली आफ्नो समाप्त हुँदै गएको राजनीतिक हैसियत जोगाउनका लागि धर्मलाई राजनीतिसंग मिसाउने दुश्प्रयास गर्दै हुनुहुन्छ।’ 

ओलीले कहिले पर्सा जिल्लाको ठोरीमा राम जन्मभूमि अयोध्या रहेको बोल्ने कहिले सनकको भरमा रातारात सो ठाउँ चितवनको माडी हो भन्न थालेको आरोप नेता नेपालले लगाएका छन्। 

‘कहिले राम र सीताका मूर्ति बनाएर प्रचार गराउनु हुन्छ त कहिले पशुपतिनाथमा करोडौं रुपियाँ बराबरको सुन दान गर्नु हुन्छ,’ नेता नेपालको प्रतिवेदनमा भनिएको छ ‘यो सबै गर्नुका पछाडि केपी ओली धर्मलाई राजनीतिमा मिसाएर आफ्नो जनविरोधी भ्रष्ट छवी ढाकछोप गर्न चाहनुहुन्छ भन्ने प्रस्ट देखिन्छ।’ 

नेपाली इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री 

Ncell 2
Ncell 2
nimb
nimb

नेता नेपालले केपी ओली इतिहासकै भ्रष्ट प्रधानमन्त्री भएको आरोप लगाएका छन्। ‘के.पी.ओली, काम एकातिर, अर्कैतिर बोली’ भन्ने सबै जनतामा चलेको भन्दै उनले आफ्नो दस्तावेजमा  ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न !’ भन्ने भनाइ जनता झुक्याउन मात्रै भएको पुष्टि भएको भनिएको छ। ‘सत्ता सम्हालेको केही दिनमै देशमा भ्रष्टाचारका ठूलाठूला काण्ड घटित हुन थाले। केही निजी कम्पनीहरूको नाजायज हितका लागि नियम–कानुन संशोधनसमेत गरी संस्थागतरुपमै भ्रष्टाचारलाई बढावा दिन थालियो,’ प्रतिवेदनमा भनिएको छ, ‘श्रमजीवीहरूको हितमा परिचालित हुनु पर्ने सरकार सीमित निजी कम्पनी र दलाल पुँजीपतिको कब्जामा पुग्यो। भ्लादिमिर इल्यिच लेनिनले पुँजीवादी सरकारको बारेमा भन्नु भएको थियो, ''पुँजीवादी व्यवस्थाभित्रको सरकार भनेको निजी कम्पनीहरुको सञ्चालक समितिको सदस्य हो'' ओली सरकार ठ्याक्कै त्यस्तै भयो।’ 

ओली सरकारका पालामा भएका भ्रष्टाचारका धेरै ठूला काण्डहरुलाई बुँदागतरुपमा प्रस्तुत गर्दै नेता नेपाले १३ बुँदे आरोप लगाएका छन्। 

यति ,ओम्निदेखि गोकर्ण फरेष्ट रिर्सोटसम्ममा भ्रष्टाचार गरेको भन्दै  इतिहासको भ्रष्ट प्रधानमन्त्री ओली भएको नेता नेपालको आरोप छ। 

‘यति ग्रुपका लागि नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्ट, नारायण हिटी दरबार संग्रहालय अगाडिको बहुमूल्य जमिन, पाथीभरा मन्दीर रहेको सिंगै पहाड लगायत राज्यका तमाम सम्पत्तिहरू कौडीको मूल्यमा वर्ष वर्षका लागि लिजमा दिइयो’, दस्तावेजमा भनिएको छ, ‘यति ग्रुपलाई पोस्नका लागि कतिसम्म गरियो भने उडान परीक्षण नै नगरिएको हिमाल एयर लाइन्सको जहाजमा प्रधानमन्त्री के.पी.ओली राजकीय प्रमणमा चीन जानु भयो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीलाई गरीब, निमुखा, सर्वहारा, श्रमजीवी वर्गसंग कुनै मतलब नभएको आरोप नेपालले लगाएका छन्। ‘के.पी.ओलीको सरकारले संसदमा अहिलेसम्म प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेटमा श्रमिक–मजदूर र किसानको हित गर्ने कुनै एजेण्डा छैनन् न त समाज रुपान्तरणका कुनै बुँदा नै छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ बैठक बस्न नमान्ने, बैठकका निर्णय नमान्ने, पार्टीको नेतृत्वमा पुगेर पनि निरन्तर गुट सञ्चालन गर्ने, आलोचनाका शब्द सुन्न पनि नसक्ने ओलीले आफ्नै खल्तिको गुटलाई पनि विश्वास नगरेर सबै अधिकार आफ्नो हातमा लिनुभयो।’ 

ओली पार्टी विभाजनकारी 

आफ्नो अति महत्वाकांक्षी पदलोलुप चाहना पूरा गर्नका लागि ओली जे पनि गर्न सक्ने ब्यवहार देखाएको नेता नेपालको आरोप छ।  ‘आफ्ना वरिपरि निजी फाइदाका लागि जयजयकार गर्ने चाटुकारहरू जम्मा गर्ने, तिनले गरेको झुठो प्रशंसामा रमाउने, चाटुकारहरूका लागि जति पनि समय उपलब्ध गराउने तर पार्टीको बैठकका लागि समय ननिकाल्ने ओलीको स्वभाव र चरित्रबारे त सबैलाई जानकारी भएकै विषय हो’, दस्तावेजनमा भनिएको छ, ‘ ओलीले कम्युनिस्ट आन्दोलनमा विभाजन ल्याउने फूटपरस्त अभिव्यक्ति र गतिविधि गर्नुभयो।’ 

एकीकरण गरिएका शुरुका दिनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र केपी ओलीको चोँचोमोचो मिलेको देखिएको र  पार्टी एकीकरणको पूर्वसन्ध्यामा तत्कालीन नेकपा(एमाले)को तर्फबाट ओली र विष्णु पौडेल तथा नेकपा(माओवादी)को तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्माको बीचमा अति गोप्यरुपमा संझौता भएको पछिमात्र थाहा पाएको उनले उल्लेख गरेका छन्। 

‘कमरेड प्रचण्डले ओलीको अति धूर्त मनोविज्ञानलाई चिन्नु भएकै थिएन’, दस्तावेजनमा भनिएको छ, ‘२०७६ साल मंसिर ४ गतेसम्म आइपुग्दा ओलीले पाँचै वर्ष आफू नै प्रधानमन्त्री हुने र पार्टी कामको कार्यकारी जिम्मा कमरेड प्रचण्डलाई दिनेगरी सम्झौता गराई कमरेड प्रचण्डलाई फँसाउन सफल हुनुभयो।’   

‘हामीले गरेको त विद्रोह हो के.पी.ओलीको घोर दक्षिणपन्थी विचलन र लोकतन्त्र विरोधी गतिविधिका विरुद्ध ’ नेपाल पेश गरेको प्रतिवेदनमा भनिएको छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
लगानीको वातावरण बनाउन तत्पर छौं : उद्योगमन्त्री साह
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको गत असोज २२ र २३ गते बसेको पाँचौ पूर्ण बैठकबाट जारी जनकपुरधाम घोषणापत्रमा पनि सरकारले सूचनाको... शनिबार, मंसिर १२, २०८३
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक... शनिबार, मंसिर १२, २०८३
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान शनिबार, मंसिर १२, २०८३
लगानीको वातावरण बनाउन तत्पर छौं : उद्योगमन्त्री साह शनिबार, मंसिर १२, २०८३
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियो शनिबार, मंसिर १२, २०८३
पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना, आठ सैनिकको मृत्यु शनिबार, मंसिर १२, २०८३
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्