काठमाडौं– नयाँ बसपार्कको एक होटलमा छापा हानी प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ। अवैध रुपमा पासपोर्ट संकलन गरी विदेश पठाउने धन्दा चलाएको आरोपमा नयाँ बसपार्कको मित्रनगर स्थित रोल्पा मावि गाउँपालिका–४ घर भएका ३० वर्षीय प्रेम बहादुर वि.क.को होटल स्वर्गद्धारीमा प्रहरीले छापा हानेको हो।
होटलबाट प्रहरीले ४९ वटा पासपोर्ट बरामद गरेको हो। होटल सञ्चालक वि कलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।