काठमाडौं- संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका तीन वटा समितिको बैठक बस्दैछ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कबारे बैठकमा छलफल हुने कार्यक्रम रहेको छ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्तको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आजै बस्दैछ।
हुलाकी राजमार्गको स्थलगत अध्ययन अनुगमनमा देखिएका समस्याहरुका बारेमा भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र वन तथा वातावरण मन्त्रालयका सचिव लगायतसँग छलफल हुने कार्यक्रम रहेको छ। बैठक साढे ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ।
राजनीतिक दलको नेतृत्व र दिगो विकास लक्ष्यबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ।
बैठक साढे १० बजे संघीय संसद सचिवालयस्थित समितको सभाहलमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।