काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) १० बुँदे सहमति कार्यान्वयनलाई तीव्रता दिन भन्दै भोलि बोलाइयो एमाले स्थायी कमिटी बैठक, अध्यक्ष ओली र माधव ‘छाडेका’ नेताबीच जेठ २ कै संरचनामा फर्किने सहमति । ( एमालेले बोलायो स्थायी कमिटी बैठक )
२) लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत, पक्षमा ४२, विपक्षमा शून्य र तटस्थमा एक मत, विश्वासको मत लिँदा प्रतिपक्ष बेन्च खाली । ( लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत )
३) त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने, कुनै तहको परीक्षा नरोकिने, कक्षा १२ को परीक्षा दसैंअगाडि नै गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी । ( त्रिभुवन विश्वविद्यालयको कुनै तहको परीक्षा नरोकिने )
४) काबुल विमानस्थल प्रवेशद्वार नजिक गोली हानाहान, एक अफगान सुरक्षाकर्मी मारिए, ३ जना घाइते, गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि समावेश । ( काबुल विमानस्थल प्रवेशद्वार नजिक गोली हानाहान )
५) र, नयाँ सरकार गठन नगर्दै तालिबानद्वारा अफगानिस्तान क्रिकेट बोर्डमाथि हस्तक्षेप, पूर्वअध्यक्ष फाज्ली निमित्त अध्यक्ष नियुक्त, महिला क्रिकेटको भविष्य अब अनिश्चित । ( अफगानिस्तान क्रिकेट बोर्डमाथि तालिबानको हस्तक्षेप )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।