काठमाडौं- लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्।
सत्यनिरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य सुवेदी लामो समयदेखि सर्वोच्च अदालतमा वकालत गर्दै आएका छन्।
माओवादी केन्द्र निकट रहेका सुवेदीले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दामा सभामुख अग्नि सापकोटाको तर्फबाट बहस गरेका थिए।
यस्तै, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएसँगै सुवेदीलाई प्रदेश सरकारको कानुनी सल्लाहकारमा नियुक्तसमेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।